काठमाडौं , ६ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ३ लाख २० हजार १ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ लाख ९१ हजार ३ सय २६ पुगेको छ । १९ लाख ७ हजार ४ सय १३ जना उपचारपछि घर फर्किएका छन् । ४४ हजार ७ सय ६५ जनाको अवस्था गम्भीर रहेको छ ।
अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ९१ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ । स्पेनमा २७ हजार ७ सय ९, ब्राजिलमा १६ हजार ८ सय ५३, बेलायतमा ३४ हजार ७ सय ९६, इटलीमा ३२ हजार ७ र फ्रान्समा २८ हजार २ सय ३९ जनाको ज्यान गएको छ ।