चितवन : नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज २७ औं मदन– आश्रित स्मृति दिवस मनाइँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत २ वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले सो कार्ययक्रम गर्दै आएको छ । यसपटक भने कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम हुने छैन।