
काठमाडौं : देशभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिमी भु–भागमा सामान्य बदली रहि बाँकि भू–भागमा आंशिक बदली रहेको छ महाशाखाले जनाएको छ ।
आज दिउँसो अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र तराईका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राती देशको पुर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य बदली र बांकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा मध्य भू–भागका केही स्थानहरु र पश्चिमी भू–भागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।