कुरिनटार :  माछा मार्ने क्रममा त्रिशूली नदीले बगाएर एक जना बालक बेपत्ता भएका छन् । आज दिउँसो करिब १ बजे गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ पाङखोलाका रुद्र बहादुर चेपाङका १४ बर्षिय छोरा विकास चेपाङलाई माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएका हुन् । अहिले प्रहरी चौकी राइनास र स्थानीयले खोजी कार्य गरिरहेको वडा नम्बर १ का  वडा सदस्य मिन बहादुर सुनारले जानकारी दिनुभयो ।