
वैशाख, २७ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।
उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।