कुरिनटार, २३ वैशाख । कोरोना भाइरस (कोभिड– १९ ) ले बिश्व नै अहिले संकटग्रस्त रुपमा रहेको छ। अहिले कोरोना प्रभावित देशहहरुमा लक डाउनको गरिएको अवस्था छ । लकडाउनका कारण विभिन्न देशमा रहेका नेपालीहरु यतिवेला अप्ठ्यारोमा परेका छन् ।
बिश्वव्यापी संकटकाबिच नेपालबाट विभिन्न शिलसिलामा देश बाहिरगएका हरु अहिले अप्ठेरोमा परेका हुन् ।
घर फर्कन सहज न विदेशमै बस्न सहज भए पछि नेपाल बाहिर बस्ने नेपालि धेरैले विभिन्न स्थान बट उद्धारको अपिल गरिरहेका छन् । त्यसै क्रममा नेपालबाट गएका चितवनका १० जना सहित ७२ जना भारतको उत्तर प्रदेशमा फसेका छन।

भारतको राजधानी नया दिल्लिमा काम गर्दै आएका इच्छाकामना गाउँपालिका ४ स्वराथोकका प्रकाश गुरुङ, कुरिनटारका रिन बहादुर गुरुङ, कुरिनटारकै बिज्ञान चेपाङं र वडानम्बर ५ इच्छाकामना गाउँका इन्द्र बहादुर गुरुङ घर फर्कने क्रममा बिगत ३५ दिन देखि भारतको उत्तरप्रदेश स्थित लखिनपुर खिरीको इलाइट होस्टेलमा राखिएको छ। फसेका मध्येका प्रकाश गुरुङका अनुसार नेपालभर बाट ७२ जना त्यस्तै चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका १० जना मजदुर हरु त्यहा रहेका छन।

नेपाल फर्कने क्रममाबिच बाटोमै भारत सरकारले लकडाउन घोषणा गरेपछि सुरुमा ५ दिनको लागि भनेर इलाइट होस्टेलमा लगिएका नेपालका ७२ जनालाई म्याद थप गर्दै सोही होटलमा राखिएको छ। सबैलाई एकै ठाउँमा राखिदा संक्रमणको डर बढेको छ। खान बस्न निशुल्क र राम्रो भए पनि आफूहरु नेपाल फर्किन पाए नेपालकै क्वारेन्टाइनमा बस्न तयार भएर पनि त्यसो हुन नसकेकोमा त्यहा स्थिति नेपाली हरु चिन्तित बनेका छन। संबन्धित निकायमा उद्धारका लागि अपिल गरेको भए पनि अहिले सम्म उद्धारको कुनै व्यवस्था नमिलेकोउनिहरुले बताएका छन् ।
इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामनाका ४ जना भारतको उत्तर प्रदेशमा फसेको बताउनुभयो । उहाँले फसेकाहरुलाई नेपाल ल्याउनका लागि जिल्ला प्रशासन चितवनलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले वैशाख १८ गते नै जिल्ला प्रशासन कार्यालाई पत्राचार गरि आवस्यक पहल गरिदिन आग्रह गरिएको बताउनुभयो ।