कुरिनटार,

कोभिड १९ कोरोना भाइरसको कारण देश लकडाउन ( बन्दाबन्दि)को अवस्थामा छ। दिन प्रतिदिन नेपाल भित्रपनि संक्रमित संख्या वृद्धि हुँदै गए पछि राजधानी प्रवेशको मुख्य नाका चितवन र अझ चितवनको इच्छाकामना  उच्च जोखिममा रहेको छ। इच्छाकामना गाउँपालिका भित्र उच्च सतर्कता अपनाइ सुरक्षीत रहन के गर्न सकिन्छ  ? लामो समय देखि मुग्लिङ स्थित पशु भेटेनरी संचालन गर्दै आउनुभएका युवा व्यावसायि नबराज  सिलवालको केही सुझाव हरु यस प्रकार छन।

१.थर्मल मिटर प्रयोग

टाढैबाट सरिरको तापक्रम नाप्न सकिने थर्मलमिटरको प्रयोग प्रत्यक इच्छाकामनाको राजमार्गका नाका हरुमा गर्ने र सबै यात्रु चालक सह चालकको तापक्रम मापन गर्ने।

२. सवारी निर्मलीकरण

इच्छाकामना प्रवेश गर्ने र भित्र चल्ने सबै सवारी साधन हरुलाइ स्प्रे गरि निर्मलिकरण गर्ने

३. बाहिरबाट आएका हरुलाइ फ्लो अप गर्नि

बाहिरी देश र बाहिरी जिल्ला बाट आएका हरुको वडाअध्यक्ष टोल विकासका अध्यक्ष सहितले अझ सहि डाटा निकाल्नी र आवस्यक परे क्वारेन्टाइनमा राख्ने।

४. पैदल यात्रु निषेध 

अन्य स्थान बाट पैदल इच्छाकामना आइपुगेका हरुको स्वास्थ चेक अनिवार्य गरि सिमानानै रोकेर गाडी मार्फत सम्बन्धित स्थान सम्म पुराइदिने।

५.गाउपालिका बाहिर जान निषेध

इच्छाकामनाका स्थायी वासिन्दा हरुलाइ गाउँपालिका बाहिर जान निषेध गर्ने र अत्यावश्यक काम परे गाउँपालिकाले नै व्यबस्थापन गर्दिने। र फर्केर आउदा आवश्यकता अनुसार क्वारेन्टाइनमा समेत राख्ने।

६. मुग्लिङ बजारमा अस्थायी हेल्थ्पोष्ट स्थापना गर्ने।

इच्छाकामनाको धेरै मान्छे आवतजावत गर्ने मुग्लिङ बजारमा सबैलाइ सजिलो हुने र उपयुक्त पनि हुने कारण एउटा अस्थायी हेल्थपोष्ट स्थापना गर्नी।

तपाईं हरु संग पनि तपाईं जहाँ हुनुहुन्छ त्यहाको संबंधित निकायलाई  यस्तै सुझाव छन भने हामिलाइ म्यासेज गर्न सक्नु हुनेछ। उपयुक्त किसिमको भए हामी प्रकाशित गर्ने छौ।