काठमाडौं :  अपहरणको आरोप लागेका  सांसदद्वय महेश बस्नेत,कृष्णकुमार श्रेष्ठ (किसान)र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफुहरुले सांसद डा.सुरेन्द्र यादवको अपहरण नगरेको र गलत उजुरी दिइएको भन्दै भन्दै राष्ट्रिय मानव अधिकारमा उजुरी दिएका छन् ।

सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवको अपहरण नगरेको र आफूहरु निर्दोष रहेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गरेका छन् ।

डा. यादवले आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएसँगै घटना नयाँ मोडमा पुगेको छ। आयोगले अब दुबै पक्षलाई बोलाएर अनुसन्धान गर्ने छ।

मन्त्री बन्ने लोभमा महोत्तरीबाट नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालसँगै डा। यादव वैशाख १० गते काठमाडौं आए पनि मन्त्री बन्न नपाएपछि अपहरणको नाटक गरेका थिए।

डा। यादबलाई बाबुराम भट्टराई र आङकाजी शेर्पाको समुहले कमलपोखरीको होटेल म्यारिएटबाट अपहरण गरेको सांसदद्वय बस्नेत,श्रेष्ठ र पूर्व आईजीपी खनालले वताउंदै आएका छन्। शुरुमा राजिखुसी काठमाडौं आएको मिडियाहरुमा वताएका यादवले पछि बाबुरामको घरमा बसेर अपहरणमा परेको भन्दै अन्तर्वाता दिएका थिए।