
चितवन : कोरोना भइरसबाट संक्रमती हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । सरकारले भाईरस संक्रमण फैलन नदिन लकडाउन कडा पार्दै लागेको छ । जसको पालन गराउन नेपाल प्रहरी तल्लीन छ । देशका विभिन्न भागमा ‘लकडाउन’ उलङ्घन गर्नेलाई प्रहरी कार्वाही गर्दै आएको छ । तर सुरुका केहि साता जिल्ला प्रहरी कार्यालय चितवनले कडा गरे पनि सदमुकाम भरतपुरमा भने ‘लकडाउन’ उलङ्घनका गर्ने क्रम सहजै देख्न सकिन्छ । प्रहरी गाउँबाट आएका किसानसगैँ आम सर्वसाधारण कडा गरे पनि राजनिति दलहरुले खुले आम यसको उलङ्घन गर्दा चितवन प्रहरी निरीह बनेको देखिएको छ ।
चितवनमा पछिल्लो कोरोना अस्पतालको चोरी प्रकरणमा आम असहमती विज्ञप्ती र ज्ञापनपत्र मार्फत विरोध जनाईसकेको नेपाली काग्रेँसले भने ‘लकडाउन’ उलङ्घन गर्दा चितवन प्रहरीले टुलुटुलु हरेर बसेको दृश्य भेटियो ।
चितवन प्रहरीले दिउसो बिहान घरायसी सामान किनमेलमा गएका र कार्यालय समयमा अफिस आउजाउ गर्नेलाई नियन्त्रण लिएर क्वारेन्टाइन पुर्याउछ । तर राजनीतिक दलको आडमा नाराजुलुस र प्रर्दशन गर्नेलाई भने देखेको नदेखेझै गर्छ।
यसैको उदाहरण हो आइतबार चितवनमा नेपाली काङ्ग्रेस निकटको महिला संघका नाममा गरेको प्रर्दशन। अझ यो आन्दोलनको नेतृत्व भरतपुर महानगरकी उपमेयर पार्वती शाह ठकुरीले गरेकी थिइन। आइतबार अपरान्ह चौबिसकोठीमा कोरोना अस्पतालका गतिविधि विरुद्ध भन्दै गरेको प्रर्दशनमा महानगरको गाडि दुरुपयोग गर्दै प्रर्दशन गर्दा समेत प्रहरी रमिते बन्यो।
सरकारी कार्यालयको गाडी हुइक्याउदै शाह त्यहा पुगिन्। स्थानीय सरकार मानिने भरतपुर महानगरकी उपप्रमुख शाहको नेतृत्वमा भएको लकडाउन उलङ्घनले यतिबेला सिंगो चितवनवासिलाइ लज्जित बनाएको छ।
उनी सहभागी कार्यक्रममा अन्य नेता कार्यकर्ता पनि लकडाउन उलङ्घन गरेरै जम्मा भए । उनीहरुले सामाजिक दुरि समेत कायम गरेको देखिएन। देश लकडाउनमा रहेर सवै जनता घरभित्रै बसेका र कामकाजमा निस्केकालाइ समेत प्रहरीले दुख दिइरहदा प्रहरी कार्यालय नजिकै भएको यो घटना चितवनका प्रहरी प्रमुखले नदेखेकै हुन् त ? कानुन पालना गराउने निकायकै जिम्मेवार पदमा बसेर उपमेयर शाहको नेतृत्वमा लकडाउन उलङ्घन गर्न मिल्छ त ? चितवनबासीले प्रश्न गरेका छन्। यस विषयमा चितवन प्रहरी प्रमुख नान्तीराज गुरुगले आफुहरु यसरी लकडाउन उलङ्घन नगर्न अनुरोध गर्दै एक पटकलाई सम्झाएर पठाएको बताउदै अर्को पटक यस्तो गरे कार्वाही गर्ने चेतावनी दिएको बताए ।