राम बहादुर धामी

आँबुखैरेनी  :  तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा आज बिहान सिलिण्डर ग्यास विस्फोट हुँदा २ जना बालक घाईते भएका छन् । स्थानीय बिनोद विकको भान्सा कोठामा बिहान ७ : ४० बजेको समयमा सिलिण्डर ग्यास बिस्पोट हुँदा उनका छोरा ११ बर्षीय विवेक वि.क. र ७ वर्षिय अर्का छोरा सरगम वि।क। घाईते भएका छन् । घाईते मध्ये विवेक वि.क.को शरिर र हातको केही भाग जलेको र अर्का घाईते सरगम वि.क.को अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भैरेहेको छ । सिलिण्डर ग्यास बिस्पोट हुँदा घरको अधिकांश भागमा क्षति पुगेको छ ।