नेपाल अधिराज्य ७७ जिल्ला मध्य मुस्ताङ्ग एक भौगाेलिक बिकटताका साथ साथै प्रकृतिले दिएका सुन्दरताकाे छुट्टै परम्परा संस्कृति धर्म जातजातिहरुको मिस्रन रहेको जिल्ला राहेको छ । जसले गर्दा पर्यटकिय द्ष्टिकोण द्वारा पनि आफनै किसिमको छबि बनाउन अगाडि प्रगतिको पाइलातिर उन्मुख भई बढी रहेको छ। भौगाेलिक बनोट पनि अनौठो किसिमवाट निर्माण भएको छ वरिपरि डाँडाकाँडा शान्त हिमाल विचमा खाेच गाँउहरु त्यसै खाेचमा मयाग्दी र मुस्ताङ्गलाई जोड्ने एउटैमात्र नाका संसार कै गहिरो आन्र्द गल्छी वरिपरि रहेको छ। जुन नाकाको कारण मुस्ताङ्ग छुट्टै जिल्लाको रुपमा चिनाउन सफल भएका छन् । जसले गर्दा प्रसासनिक तथा सुरक्षाको द्ष्टिकोणले अवल रहेकाे छ त्यहाका नागरिकहरुको समुदायका धर्म परम्परा संस्कृतिहरु छुटै किसिमका रहनसहन लोभ हुन पाएको छैन।
नेपाल अधिराज्यकाे एक भु भागकाे अगं रहेकाे भएपनि यस जिल्ला भित्र छुट्टै खालका शासन पद्वती रहेको पाइन्छ। जुन शासन पद्वती भित्र सकारात्मक पक्षहरु पनि छन् भने नकारात्मक पनि छन्। शासकीय स्वरूप अझै पनि परापुर्ब कालदेखीको जराहरु झनगिएको छ। जुन जराकाे काडछाड नगरि अगी बडेमा बिकाराल बिद्ाेहकाे विकुल फुक्नु नपर्ला भन्न सकिदैन। आजकाे समयलाई साथमा लिई परिमाजित तारिकावाट सम्सोधन गरि केही कुरा अग्रजहरुको लिई केहि युवा पुस्ताहरुको निजोडका साथ अधिवढ्नु आजको आवस्यकता भित्र पर्ने छ।
परापुर्ब काल देखि अग्रजहरु द्वारा अपनाइएका सासान पद्वती त्यतिबेला सान्दभिक भएपनि समय सापेक्षिक पारिमाजित नहुदा आफै मात्र गराै आफैमात्र खाउ भन्ने सिद्धांत को कतै हाबि त भएको छैन। जसले गर्दा युवा पुस्ता हरुले मौका नपाइ युवाहरु पलायन भइरहेको देख्दछु।युवाहरु पलायन हुनु भनेकाे यहाँकाे बिकाश नयाँ नयाँ सोचबिचार अवधारणा कुसल राजनीतिज्ञ हरु गुमाउनु हो।तर्सथ अरु कुराले जिल्ला बसिहरु सम्पन्न भएपनि राजनीति चेतनाको बिकाश नभएको हो कि पछी गएर येस्तो समस्या पनि अवस्य आउने छ कि युवाहरु सबै पलायन भइरहेको अवस्थामा भोलिको समयमा नतृत्व गर्ने युवाहरु गुमाउनु पर्ने देखिएको छ यस्तो किसिमको विषम परिस्थिती सम्पुर्ण मुस्ताङ्ग बासिले सोच्नु पर्ने बेला आएको छ।
प्रचलित कानुन भन्दा भित्र कानुनको बंशज जिवितै रहेको छ। प्रचलित कानुनलाई सिरोधारमा राखी केही स्थानीय कानुन आजकाे समय परिस्थिती अनुसार सम्सोधन गरि लैजानु अपिहार्य हुनेछ। मुस्ताङ्ग जिल्लाको हकमा भन्नुपर्दा वयक्तित्व विकाश सामाजिक परम्परा संस्कृति धर्म अन्य जिल्लाको तुलनामा निकै नै भित्र किसिमको रहेको पाइन्छ। पहिचान वनाइ गरि बढि रहेको छ आत्मासाथ गर्बको महशुस हुन्छ।तर तुलनात्मक रूपमा राजनिती चेतना सोच्न चिन्तन अवधारणाहरुकाे विकाश कमि भईरहेको पाउछु याे यर्याथ कुरा हाे जसकाे उर्जागर गर्न युवा पुस्ताहरुलाई पनि स्थान दिलाउन महत्त्वपूर्ण भुमिका रहन्छ पहिलाका गलत कुराहरूलाई फ्याकि राम्रा कुराहरूलाई अनुसारण गदै समय सापेक्षिक कानुनहरुलाई सम्सोधन गरि अगाडि बढ्न सकेकाे खण्डमा जिल्ला वासिहरुको लागि लाभदायक हुने थियाे हाेला।”कानुन बिपरितका प्रथा वा परम्परालाई न्यायको रोहमा मान्नेता दिईनेछैन।”
लेखक: अधिवक्ता बिकाश तुलाचन
इच्छाकामना गा.पा ४ रमाइलो डाडाँ कुरिनटार चितवन