याेगकाे शिक्षा त्यस्ताे व्यक्तिले लिन्छ जाे स्वयम् जान्नकाे लागि इच्छुक हुन्छ । सिक्नका लागि साधना गर्न चाहन्छ । याेगीकाे परिभाषा वा याेगकाे अर्थ साधनाद्वारा सत्य र ज्ञानकाे प्राप्ति हाे । याेगकाे अर्थ व्यापक छ तर सामन्य अर्थ हुन्छ जाेड्नु । सूक्ष्म र सबल रूपमा जाेड्नु, व्यक्त अव्यक्तलाई जाेड्नु । याेगकाे सम्बन्ध मानिसकाे व्यक्तिगत र ब्रह्माण्डीय चेतनाबिचकाे मिलनसँग गाँसिएकाे छ । याे प्रक्रियामा मानिस पहिला याेगी हैन साधक बन्दछ । जिज्ञासु, साधक, याेगी जीवनमुक्त यी चार अवस्था रहेका हुन्छन् । जिज्ञाशा सबैकाे मनमा रहेकाे हुन्छ । प्रत्येक मानिसले आफ्नाे जीवनकालमा कहीँ न कही, कतै न कतै साेचेकाे हुन्छ कि मेराे याे जीवनकाे उद्देश्य के हाे ? तर बहर्मुखी वृत्तिकाे कारणले यी आफ्ना जिज्ञाशाहरुलाई भुलेकाे हुन्छ । त्यसमध्ये केही व्यक्ति यस्ता हुन्छन् जसले आफ्नाे उद्देश्यलाई सामुन्य राखेर साधना गर्छन् । साधना पनि धेरै प्रकारका हुन्छन् । पहिलाे साधना हाे- धर्माचरण/धर्मकाे आचरण…।
याेग वा तन्त्रविद्या प्राचीन विद्या वा प्राचीन विज्ञान थिया । शरीर, मन र बुद्धि जान्नका लागि अलग अलग विधि र अभ्यास अपनाइएकाे हुन्थ्याे । गृहस्थी जीवनमा साधनाकाे अर्थ केवल धर्मकाे आचरणमा सीमित थियाे जुन आजकाे समाजमा पनि विद्यमान छ । प्रत्येक मानिसकाे मनमा याे धारणा छ कि साधनाकाे अर्थ धर्माचरण हाे तर याेगले भन्दछ कि यस्ताे साधना केवल एउटा अङ्ग मात्र हाे । रामायढ, महाभार याेग विशिष्ट वृद एवम् अन्य ग्रन्थमा पनि भनिएकाे छ- “शरीरमाधं खलु धर्मसाधन:” (शरीरकाे माध्यमबाट नै मानिसले सबै धर्मकाे साथ दिन सक्छ) । मानिसले ईश्वर प्राप्ति गर्नकाे लागि के गर्ने ? कसरी गर्ने भनेर याेग अपनायाे भने याेगी भनिन्छ । साधुबाट याेगी भइन्छ र धर्मकाे अाचरणबाट याेग सन्यासी भइन्छ ।
याेगकाे पहिलाे व्यावहारिक पक्ष आफ्नाे व्यक्तित्वलाई सम्झिनु हाे जसमा शरीर, मन र बुद्धि सबै सम्मिलित भएकाे हुन्छ । दास्राे व्यावहारिक पक्ष अाफ्नाे अन्तर्निहित शक्तिलाई बाहिर निकाल्नु हाे जुन भित्र दबेर बसेकाे छ । आज विज्ञानले पनि बताएकाे छ कि मानिसकाे प्रतिभा पूर्ण रूपमा विकसित हुन पाएकाे छैन । मानिसले आफ्नाे मस्तिष्ककाे दश भागमध्ये एक भाग मात्र प्रयाेग गर्न सकेकाे छ । बाँकी नाै भाग सुषुप्त अवस्थामा रहन्छ जसकाे प्रयाेग जीवनमा कहिल्यै हुँदैन ।विज्ञानले याे पनि भनेकाे छ कि यदि हामीले मस्तिष्ककाे सबै सुषुप्त भाग प्रयाेग गर्न सक्ने हाे भने हाम्राे प्रतिभा अनन्त छ यसकाे कतै सीमा नै छैन । मानव मानवबाट महामानव हुनसक्छ याे तथ्य विज्ञानकाे अनुसन्धानले पनि पुष्टि गरिसकेकाे छ । याेग विद्याले त पहिले नै स्वीकार गरिसकेकाे हाे । त्यसैले याेगकाे बल अविदित छ ।
याेग बराबर कुनै शक्ति छैन । महर्षी घेरेण्डले याेगलाई शक्तिकाे रूपमा देखेका छन् । जसकाे माध्यमबाट जीवनका सबै अभावलाई दूर गर्न सकिन्छ । जसकाे माध्यमबाट शरीर, मन, बुद्धि, विचार र व्यवहारलाई नियन्त्रणमा राख्न सकिन्छ । संयम र सन्तुलन कायम गर्न सकिन्छ । दुनियाँमा त्यस्ताे कुनै विज्ञान छैन जसले शरीर, मन र चेतनाकाे विकासका लागि एकसाथ काम गर्न सकाेस् । आधुनिक विज्ञानमा पनि यस्ताे कुनै विधि भेटिँदैन । शरीरकाे विकासका लागि व्यायामशाला छ; बाैद्धिक विकासका लागि पाठशाला छ, शिक्षा पद्धति छ तर मानसिक विकासका लागि कुनै पद्धति छैन । शारीरिक राेगकाे उपचारका लागि अनेक चिकित्सा पद्धिहरु छन् । एलाेपेथी, हाेमाेपेथी, आयुर्वेद आदिद्वारा शरीरलाई पदार्थ सम्झेर उपचार गर्ने गरिन्छ । मानसिक राेगकाे उपचारका लागि मनाेवैज्ञानिक पद्धतिकाे प्रयाेग गर्न खाेजिएकाे छ तर त्याे पूर्ण छैन । प्रयाेगात्मक अवस्थामा नै छ । त्यसैले शरीर, मन र बुद्धिकाे उपचार र विकासका लागि अहिलेसम्म याेग एक मात्र निर्विकल्प उपायकाे रूपमा रहेकाे छ ।
कैलाश कोइराला
नेपालि काङ्ग्रेस चितवन जिल्ला उपसभापति