तनहुँ :  इलाका प्रहरी कार्यालय आँबुखैरेनी लकडाउन उलंघन गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । बुधबार र बिहिबार गरि ४२ ओटा मोटरसाइकल र एक ओटा जीपलाई नियन्त्रणमा लिई चालकलाई लकडाउन सम्बन्धि प्रशिक्षण दिई छाडिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
साथै बिना लाईसेन्स मोटरसाइकल लिई हिडेकालाई जरिवाना तिराई सवारीहरु सम्बन्धित सवारी धनीलाई बुझाइएको सुवेदीले बताउनुभयो ।
आँबुखैरेनी गाउँपालीका निवासी सम्पुर्ण महानुभावहरुलाई लकडाउनको पुर्ण पालना गरी सभ्य र सचेत नागरिकको भूमिका निभाई दिनु हुन समेत उहाँले अनुरोध गर्नुभयो  ।

तस्वीर : इलाका प्रहरी कार्यालय आँबुखैरनी