गोरखा :  प्रहरीले एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती बलात्कार गरेको पाइएको उनले बताए । वैशाख ३ गते दिउँसो ४ः३० बजेको समयमा आफ्नै घरमा लगेर सिर्मलले किशोरीलाई बलात्कार गरेको खुल्न आएको उपरीक्षक अधिकारीले जानकारी दिए ।