राजेन्द्र न्यौपाने गोरखा, ९ वैशाख ।

जिल्लाको शहिद लखन गाऊँपालिकामा चैत १ गतेपछि भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुको कोरोना भाइरसको आरडिटी जाँच गर्ने क्रमम ४२ जनाको जाँचमा नेगेटिभ नतिजा देखिएको छ । वडा नं १,२,३,४, र ५ का १६ जनाको जाँच मनकामना स्वास्थ्य चौकीमा र वडा नं. ६,७,८ र ९ को जाँच नामजुङ स्वास्थ्य चौकीमा २६ जनाको गरिएको थियो । चेकजाँचका क्रममा सहयोग गर्ने स्वास्थ्य कर्मीहरु र यसमा सहयोग गर्ने सुरक्षा संयन्त्र स्थानीय नागरिकहरु सबैलाई गाउँपालिका अध्यक्ष रमेश थापा मगरले धन्यवाद प्रदान गरेका छन् ।