
काठमाडौं : देशभर स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव कायमै रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ।
पहाडी भू–भागका केहि स्थानहरुका साथै पूर्वी तराईका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।