संसार परिवर्तनशील छ
मानिस परिवर्तनशील छ भनेर पढेकाे
परिवर्तन त कसैले गरिदिनु पर्ने रहेछ
अहिले माैसम फेरिएकाे छ
समय फेरिएकाे छ
सपना फेरिएकाे छ
मान्छेकाे स्वभाव फेरिएकाे छ
हिजाे भिडभाड मन पराउनेहरु
अाज एकान्त रुचाउन थालेका छन्
हिजाेकाे राम्राे अाज नराम्राे भएकाे छ
हिजाेका अाकर्षक देश र सहरप्रति
अाज विकर्षण बढ्न थालेकाे छ
हिजाे मेरै घरमा धेरै मान्छे अाऊन् भन्ने नेताजीहरु अाज घरमा काेही नअाइदिऊन् भन्ने चाहन्छन्
हिजाे हल भरिएन भनेर चिन्ता गर्नेहरु
अाज हल खाली भएन भनेर चिन्ता गर्छन्
हिजाे जुलुसमा जान रुचाउनेहरु
अाज भिडदेखि भाग्न थालेका छन्
हिजाे माइक देख्दा जिब्राे बटार्नेहरु
अाज माक्स लाएर अनुहार छाेप्न थालेका छन्
हिजाे हात मिलाउन र हग गर्न हाैसिनेहरु
अाज मान्छेदेखि डराउने भएका छन्
हिजाे मान्छे जुटाउनेहरु
अाज जुटेका मान्छे भगाउने भएका छन्
न हात-हतियार, न गाेला-बारुद
न सैनिक, न लडाकु
तर पनि सिङ्गाे विश्व युद्धमा हाेमिएकाे छ
संसारभरि अातङ्क फैलिएकाे छ
मान्छेहरु त्राहिमाम् भएका छन्
हे काेराेना भाइरस !
तिमी त निकै वीर रहेछाै
ठुला दार्शनिक भएछाै
महाकवि देवकाेटाले ‘पागल’ कवितामा भनेझैँ
तिमीले त मान्छेलाई
छैटाैँ इन्द्रियले साेच्न बाध्य बनायाै
के भयाे याे ?
याे कसरी भयाे ?
कस्ताे अचम्म ?
के देख्नु अाज पर्याे ?
जे भयाे, जसरी भयाे
बस्, अब धेरै भयाे
काेराेना !
एकान्तमा बस्ने पालाे
अब तिम्राे हाे…