केही मेरा र केही अरुका
उल्झनहरुमा
मैले आफुलाई सुल्झाउन सकिन
पाएका र दिएका
कुराहरुलाई
मैले यथार्थतामा व्यक्त गर्न सकिन
अतः
मलाई तिम्रो विदाईमा सरिक हुने अधिकार छैन
खोला सरि पानापाथी पोख्याउने अधिकार पनि छैन
यसको अर्थ
म निस्क्रिय हुन खोजेको होईन
आफैमा दास पनि हुन खोजेको होईन
७६ ! मलाई माफ गर,
म ७७को यज्ञ हुन खोज्दैछु
त्यसैले
पक्षपात सम्झि,
मनमा घातलाई श्रेय नदिनु
दुखेका कुराले
केवल दुख्याउँछ मात्र
हुन त
मलाई पाप
तिम्रो पनि छ
तिम्रो पूर्वजको पनि छ
आउँदा र जाँदा
तिमीहरुको सक्षम नबनी
खुशीसँग मन मैला गरिरहें
जस्मा
परिवर्तन भन्नु लाली गुराँस फुल्नु
अनि
ओईलिनु मात्र भो
जुन हाम्रो
फुल्नुको योग र ओईलिनुकोे त्याग
कहिल्यै जीवनमा
जीवनको लागि योगदान सावित भएन
७६ ! मलाई माफ गर,
म ७७ को लागि सक्षम हुन तयारमा लाग्दैछु
यो भन्दा पूर्व
तिमीसम्म, म असक्षम नै छु भन्दा नि हुन्छ
जहाँ
मैले आफुमा ती सबै राखे
जुन म विरुद्ध नै सक्रिय रहे ।