कुरिनटार  :   इच्छाकामना गाउँपालिकामा पनि कोरोना (कोभिड–१९)को र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)सुरु गरिएको छ ।
दारेचोक स्वास्थ चौकीमा आज बुधबारदेखि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक हरि बहादुर देवकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा इच्छाकामना गाउँपालिकामा भारत तथा तेस्रो मुलुक (विदेश) बाट आई क्वारेन्टाइनमा बसेकाहरुको टेस्ट सुरु गरिएको सह–संयोजक देवकोटाले जानकरी दिनुभयो ।
अहिले सम्म ८ जनाको टेस्ट गरिएकोमा सबैको नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।