
कुरिनटार
कोभिड १९ कोरोना भाइरसले देश लक गरिए पछि दैनिक ज्यालादारी गरेर खाने वर्ग अहिले समस्यामा परेका छन। सरकारको नियम अनुसार एकद्वार प्रणाली अनुरुप राहात वितरण भै रहे पनि इच्छाकामना गाउँपालिकाको केही स्थानमा राहात सामाग्री पुग्न ढिला भएपछि समस्यामा परेका मजदुर हरुलाइ समाजसेवी कृष्ण श्रेष्ठले ब्यक्तिगत रुपमा राहात सामाग्री वितरण गरेका छन।
गाउँपालिका मार्फत समस्यामा परेका बर्ग लाई राहात वितरण तिब्र रुपमा भै रहेको भएतापनी कति पय ठाउँमा राहात सामाग्री पुग्न ढिला भएपछि इच्छाकामनाका मजदुरी गरेर खाने केही अहिले बिहान बेलुका खानेकुराको जोहोका लागि चिन्तित छन। इच्छाकामना गाउँपालिका वडानम्बर ३ डहकिका रामसरण चेपाङ लक डाउन भए पछि काम पनि नपाएको र राहात पनि नपाए पछि दैनीक अन्यको घर-घर गएर काम खोज्दै हिड्न परेको दुखेसो पोख्छन। आउँछ आउँछ भन्छन कति दिन भो आस गरेको तर केही पाइएन । त्यस्तै पीडा गाउँपालिका कार्यलय बाट नजिकै रहेको नंया बस्ती क्षेत्रमा पनि छ। स्थानिय चन्द्र बहादुर परियारका अनुसार सान्ती टोल र नया बस्ती क्षेत्रका धेरै समस्या परि रहेको बताए। स्थानिय जित बहादुर परियारका अनुसार राहत पनि नपाएको र राहतको लागि गाउँपालिका जादा त्यहाका जनप्रतिनिधि र कर्मचारीले छुद्र ब्यबहार गरेको बताए। गाााउँपालिका बाट यहि सोमबार सम्ममा राहात आउने बताए पनि नपठाएको उहाले जानकारी दिनु भएको छ।
चार नम्बर वडा सदस्य तथा गाउँपालिकाका प्रबक्ता साबित्रा गुरुङ सङ राहतको विषयमा बुझ्दा नामावली धेरै आएकोले समस्या परेको र पुन नाम काट छाट गरि राहत वितरण गर्ने तर अब वितरणको लागि कति समय लाग्छ ठ्याक्कै भन्न नसकिने बताउनु भएको छ।उहाको अनुसार यदि कोहि अत्यधिक अप्ठेरोमा परेका छन भने उनिहरुलाइ पहिचान गरि छुट्टाछुट्टै वितरण गरिने समेत बताउनु भएको छ।
इच्छाकामना गाउँपालिकामा सामाजिक कार्य गर्दै आएका वडानम्बर ३ कुरिनघाटका स्थायी निवासी कृष्ण श्रेष्ठले गाउँपालिका बाट राहत पाउन ढिला भएका समस्यामा परेका हरुको दुख देख्न नसकेर आफुले ब्यक्तिगत रुपमा सहयोग गरेको बताउनु भएको छ। उहाको अनुसार अहिले सम्म १२०० किलो भन्दा धेरै चामल दाल र स्वायबिन वितरण गरेको बताउनु भयो। गाउँपालिका मार्फत राहातको प्रतीक्षामा रहेका तर गाउँपालिका द्वारा नाम धेरै भो भनेर राहात वितरण नगरिएका डहकीका मजदुर हरुलाइ राहात स्वरुप चामल दाल र स्वायबिन वितरण गरि सकिएको र नयाँ बस्ती क्षेत्रका नाम लिस्ट भएर पनि राहात पाउन बाकी सबै लाई आफुले राहात स्वरुप चामल दाल र स्वायबिन वितरण गर्ने त्यसकोलागी आफ्नो घरमा आउनहुन प्रतिबद्धता समेत जनाउनु भएको छ । डहकी र नयाबस्ती क्षेत्रका मजदुर हरुलाइ राहात पुर्याउन स्थानिय युवा प्रमोद पोखरेलले समन्वय गर्नु भएको थियो।
समाजसेवि कृश्न श्रेष्ठले अन्य क्षेत्रमा पनि स्थानिय सरकारको राहात नपुगेको भए आफूले सके जति सहयोग गर्ने र त्यस्को लागि ९८२३५८९१४३ मा सम्पर्क गर्न आग्रह गर्नु भएको छ।