बिचराले खुर्पा, हँसिया चिनेनन्
सोफामा बस्छ खटिया चिनेनन्

ऊसँग केवल ढुङ्गाको हृदय छ
त्यसैले त गरिब दुखिया चिनेनन्

हिजै गएको हो गाउँबाट मन्त्रीज्यू
गालाको कोठी हुलिया चिनेनन्

वासमती खाएर बासना डकार्छन्
हाम्रो कोदो फल्ने खोरिया चिनेनन्

आफै अनैतिक छ गर्छ घुसखोरी
समाजको कुनै माफिया चिनेनन्

राजु आचार्य दीप
इच्छाकामना गा.पा –१, हात्तीबाङ चितवन