
कुरिनटार, २८ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिभड–१९)को संक्रमणबाट बच्नका लागि लागुभएको लकडाउनपछि समस्यामा परेका विपन्न बर्ग र दैनिक ज्यालदारी मजदुरीको लागि उद्योग संघ चितवनले इच्छाकामना गाउँपालिकालाई राहात हस्तान्तरण गरेका छन् ।
आज ३ सय क्विन्टल चामल र २००क्रेट अण्डा हस्तान्तरण गरेका हुन् ।
उद्योग संघ चितवनका उपाध्यक्ष गजेन्द्र अधिकारीको संयोजकत्वमा उद्योग संघ इच्छाकामनाका अध्यक्ष अम्बर बहादुर अधिकारी लगायतले गाउँपालिकामा राहात हस्तान्तरण गरेका हुन् ।