कुरिनटार : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड१९ ०को संक्रमणबाट बच्नका लागि लागु गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र अतिविपन्न परिवारका लागि सहयोग गरेका छन् ।
एकद्धार प्रणाली अन्तरगत आज इच्छाकामना गाउँपालिकालाई (३० केजीका )३३ बोरा चामल र १०० केजी नुन हस्तान्तरण गरिएको नेकपा इच्छाकामनाका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
संघिय सांसद तथा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेश सांसद घनश्याम दाहाल, नेकपा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेका हुन् ।