कुरिनटार  २२ चैत्र,

कोराना भाइरसले संसार भर त्रास  फैलदै गएपछी भएको लक डाउनका कारण इच्छाकामना गाउँपालिका भित्रका दैनिक ज्याला मजदुरी बाट जिविकोपार्जन गर्दै आइरहेका सर्वसाधारण तथा असहज अवस्थामा रहेका अन्यको स्वास्थ लाई मध्यनजर गर्दै ३०० पिस साबुन  सिर्जन सिल महिला जागरण केन्द्रले सहयोग गरेको छ।

भाइरस वाट जोगिन सबै भन्दा महत्त्वपूर्ण मानिने ३०० पिस साबुन प्रदान भए सङै थोरै भए पनि भाइरस बाट सर्वसाधारणलाइ जोगाउन सहयोग पुग्ने  लामो समय देखि इच्छाकामनामा सामाजिक सेवा गर्दै आएको सिर्जनशिल महिला जागरण केन्द्रका अध्यक्ष सावित्री पुडासैनीले बताउनु भयो।

एक द्वार प्रणाली मार्फत स्थानीय निकायले मात्र राहत सामग्री प्रदान गर्न मिल्ने भए पछि ती साबुन हरु आज एक कार्यक्रम माझ गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ लाई हस्तान्तरण  गरिएको हो।