कुरिनटार १९ चैत्र । बिश्वब्यापी रुपमा फैलदैँ गएको कोरोना प्रकोप न्यूनीकरण गर्ने उद्देश्यले देश लक डाउन गरिदा चितवनको इच्छाकामना गाउँपालिकाबाट अन्यन्त्र गई फसेका मजदुर हरुको उद्दार कार्य सुरु भएको छ।
महामारिको रुपमा फैलदैँ गएको कोभिड १९ कोरोना भाइरसको कारण विश्व नै अप्ठेरो अवस्थामा रहेको बेला नेपालले पनि उक्त भाइरसबाट आफ्ना जनतालाइ जोगाउन गत ११ गते बाट पुरै देश लक डाउन गरेको छ। देश लक डाउन भए पछि इच्छाकामना गाउँपालिका स्थायी बासिन्दा हरु जो कामको शिलशिलामा बाहिर फसेका छन उनिहरुको उद्दार गर्न लागिएको हो।
पर्वत जिल्लाको समुन्द्र कंस्ट्रक्सनमा काम गर्दै आएका इच्छाकामनाका मजदुर हरु लाई इच्छाकामना गाउँपालिकाको पहलमा सवारी तथा कागजपत्र मिलाइ आज उद्दार गर्न लागिएको गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले जानकारी दिनुभयो ।