
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि १० वेडको क्वारेनटाइन तयार पारिएको छ। आज शुक्रबार सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटार, र त्रिवेणी वराहा माध्यमिक विद्यालय मुग्लिनमा क्वारेनटाइन तयार पारिएकोे हो ।
अहिले सर्वशान्ति माविमा ७ र त्रिवेणी माविमा ३ वेडको क्वारेनटाइन तयार गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।
आजै वडा नम्बर ७ मा पनि क्वारेनटाइन निर्माण गर्न वडालाई निर्देशन उहाँले बताउनुभयो । आवस्यक परे सबै वडामा क्वारेनटाइन बनाइने उहाँले बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “ विदेशबाट फर्किएकाहरुको लगत संकलन गर्ने काम भइरहेको छ, आवस्यक परेक सबै वडामा क्वारेनटाइन निर्माण गरिने छ, हालै विदेशबाट आएकाहरुले अनिवार्यरुपमा घरमै क्वारेनटाइनमा बस्नु पर्ने छ, यदी घरमा क्वारेनटाइनको व्यवस्था हुन नसक्नेहरुका लागि उनिहरुलाई सहज हुने नजिकको क्वारेनटाइनमा राखिने छ । ”
अध्यक्ष गुरुङले क्वारेनटाइनमा विरामी नभई सजगताका लागि विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राखिने भएकाले आतंकित नहुन आग्रह गर्नुभयो ।
कोरोनाको संकास्पद व्यक्तिहरुलाई अस्पताल भरतपुर पठाइने उहााले बताउनुभयो ।
अहिले सम्म इच्छाकामना गाउँपालिकामा कोरोनाको विरामी नभेटिएको भन्दै अध्यक्ष गुरुङले भित्रिन नदिन गाउँपालिकाले सबै प्रकृया अवलम्बन गर्ने बताउनुभयो ।
साथै अध्यक्ष गुरुङले आवस्यक परे आइसोलेसन पनि निर्माण गरिने जानकारी दिनुभयो ।
यस अघि नै शसस्त्र प्रहरी वल विपद् व्यवस्थापन शिक्षालयको ट्रमा सेन्टरलाई आइसोलेसनको रुपमा प्रयोग गरिने निर्णय भइसेको उहाँले बताउनुभयो ।
शिक्षालयमा २५ शैयाको ट्रमा सेन्टर संचालनमा छ ।