कुरिनटार :  विश्वभरी महामारीको रुपमा फैलिदैँ आएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई रोक्न चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटारमा रहेको ट्रमा सेन्टरलाई आइसोलेसन र क्वारेनटाइनकोे रुपमा प्रयोग गरिने भएको छ ।
आज सोमबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ सहितको जनप्रतिनिधि, शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका प्रमुख (एसएसपी) कालिदास धौवजी र सरोकारवालाहरुबिच छलफल गरि उक्त निर्णय गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारमा २५ शैयाको ट्रमा सेन्टर संचालनमा रहेको छ । बैठक आवस्यक परे सार्वजनिक भवन र विद्यालयहरुलाई समेत क्वारेनटाइनको रुपम प्रयोग गरिने भएको छ ।
साथै बैठकले गाउँपालिकामा अतिआवश्यक बाहेक अन्य सवारीसाधनहरु प्रवेश गर्न नदिने , सम्पुर्ण व्यवसाय, उद्योग, बैंक तथा सहकारीको कारोबार बन्द गरिने, दैनिक उपभोग्य बस्तुको कृतिम अभाव सिर्जना हुन नदिन अनुगमन गर्ने, गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्यचौकीहरु, सामुदायिक स्वास्थ्य इकाई र निजि, सामुदायिक अस्पतला र सबै कर्मचारीहरुलाई हाइलर्टमा रहन निर्देश्न दिने र जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत लम्सालले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले कोरोना भाइरस संक्रमणबाट बच्न सबैले गाउँपालिकाले गरेको प्रयासमा साथ दिन आग्रह गर्नुभयो । उहाँले कोरोना संक्रमण रोक्नका लागि गाउँपालिकाले भिडभाड हुने विभिन्न ठाउँमा हेल्थ डेस्क राखिएको बताउनुभयो ।
यसैबिच मुग्लिनका सम्पूर्ण होटलहरु आज सोमबार देखि नै बन्द भइसकेको छ ।