गोरखा : पछिल्लो समय विश्वभर त्रास फैलाएको कोभिड–१९ अर्थातकोरोना भाईसरका कारण गोरखाको मनकामना मन्दिरमा सर्व साधारणहरुलाई पुजा गर्न रोक लगाईएको छ ।
बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिले विभिन्न बुदाहरुमा निर्णय गर्दै अर्को निर्णय नहुदा सम्म मनकामनामा मन्दिरमा सर्व साधारणको लागि पुजा गर्न रोक लगाएको हो ।
समितिको यो निर्णय संगै अब सनिबार देखी गोरखाको धार्मिक तथा ऐतिहासिक मनकामना मन्दिरमा सर्व साधारणहरुले पुजा गर्न पाउने छैन । आज साँझ निर्णय भयो । भोली सम्ममा सबैलाई सूचना जारी गरेर सनिबार देखी रोक्छौ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ।
यो निर्णय संगै अव मनकामना मन्दिरमा नित्य पुजा र साँझको आरती हुने छ भने आउदै गरेको चैते दशैको पर्व पुजा बाहेक अन्य पुजा रोकिने मनकामना मन्दिरका मुख्य पुजारी ईन्सानबहादुर थापाले बताए ।
पुजारी थापाका अनुसार नित्य पुजामा हरेक बिहान गरी देविको पुरा र आरती अन्रतर्गत साँझमा दिने बत्ती मातालाई दिईने र अर्को निर्णय नहुदा सम्म सर्व साधारणको लागि पुजा रोकिने बताए । चैते दशै भने आउदो १९ गते परेको छ ।
मन्दिरमा चैते दशैको बेला गुठीयारहरु भेला भएर रागो, बोका बलि दिइने गरिएको पुजारी थापाले बताए ।
जिल्ला सुरक्षा समितिले मनकामना दर्शन प्रालि द्वारा सञ्चालित मनकामना केवलकारलाई तत्कालका लागि स्थगित गर्न अनुरोध गर्ने, कुनै पनि स्थानमा २५ जना भन्दा बढी मानिस भेला नहुन र अत्यावश्यक काम बाहेक कुनै पनि ठाउँमा आउँ जाउँ नगर्न निर्देशनात्मक आदेश सहितको निर्णय गरेको छ ।