
तनहुँ : आँबुखैरेनी गाउँपालिकाले गण्डकी प्रदेशको प्रवेशद्वारमा हेल्प डेक्सको स्थापना गरेको छ।महामारीको रुपमा विश्वव्यापी फैलिरहेको कोरोना भाईरसको रोकथाम र नियन्त्रणमा उच्च सतर्कताका लागि गाउँपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–४, मुग्लिन पुलजीपमा स्वास्थ्य सहायता कक्ष ९हेल्प डेक्स०को स्थापना गरेको हो। हेल्प डेक्स आजदेखि सञ्चालनमा आएको छ। सहायता कक्षमा २ जना स्वास्थ्यकर्मीहरु रहनेछन्। उनीहरुले सहायता कक्षमा बसी कोरोना भाईरस र यसबाट कसरी बच्न सकिन्छ भनि जनचेतनामुलक सन्देश प्रदान गर्नुका साथै सावुनपानीले हात धुन सिकाउने कार्य गर्ने गाउँपालिकाका सुचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो।
यस्तै आजदेखि सञ्चालनमा आएको सहायता कक्षको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले साबुन पानीले हात धोएर उद्घाटन गर्नुभयो।
अध्यक्ष थापाले सहायता कक्षमा २ जना स्वास्थ्यसँग सम्बन्धीत कर्मचारीलाई १५ दिन राखीने कुराको समेत जानकारी दिनुभयो ।