कुरिनटार :  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इच्छाकामना वडा नम्बर ४ को टोल कमिटी गठन सम्पन भएको छ । वडाभित्र रहेका ७ वटै टोल विकास कमिटी गठन गरिएको नेकपा वडा नम्बर ४ का अध्यक्ष रुद्र उप्रेतीले जानकारी दिनुभयो ।
जस अन्तरगत धरापानी टोल कमिटीको अध्यक्षमा चन्द्र बहादुर चेपाङ र सचिवमा लाल कुमारी गुरुङलाई चयन गरिएको छ । यसैबिच लेवाटार केबलकार टोल कमिटीको अध्यक्षमा तोक बहादुर राना र सचिवमा राम गिरी,नयाँबस्ती टोल कमिटीको अध्यक्षमा दशराज श्रेष्ठ र सचिवमा अनिशा गुरुङ, खैरेनीटार टोल कमिटीको अध्यक्षमा स्वरस्वती कडेँल र सचिवमा कृष्ण चेपाङ, लामीडाँडा टोल कमिटीको अध्यक्षमा डिल बहादुर मगर र सचिवमा कुलब हादुर मगर, बेल डाडाँ केरावारी सोराथोक सोता टोल कमिटीको अध्यक्षमा लक्ष्मण थापा र सचिवमा ओम बहादुर परियार तथा कुरिनटार टोल कमिटीको अध्यक्षमा मिठु माया सिलवाल र सचिवमा मेघप्रसाद सिलवाललाई चयन गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।