गोरखा :  चुमनुब्री गाउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमारी गुरुङका नामबाट ‘कुमारी कोसेली कार्यक्रम’ लागु गरेको छ ।दस लाख रुपैयाँको कार्यक्रम गर्भवती, सुत्केरी तथा महिनावारी भएका महिलाको स्वास्थ्य सुधारका क्षेत्रमा केन्द्रित छ ।

सोही गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले ‘अध्यक्ष ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम ल्याएका छन् ।हिमाली भेगमा पर्ने यो गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न अध्यक्षको नामबाट खर्च गरिनेछ ।त्यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।स्थानीय तहका प्रमुख÷उपप्रमुखले आफ्नो शान, मान, रवाफ बढाउन बजेट उपयोग गरेका घटना बढिरहेका छन् ।

गोरखाका अधिकांश तहले व्यक्तिगत लोकप्रियताका लागि आफूसँग नाम जोडेर कार्यक्रम बनाउने क्रम बढेको छ ।नौ गाउँपालिका र दुई नगरपालिका रहेको गोरखाका तीन वटाबाहेक सबैले प्रमुख÷उपप्रमुखसँग जोडेर कार्यक्रम बनाएका छन् ।

एउटै स्थानीय तहमा चारवटासम्म यस्ता कार्यक्रम बनाइएका छन् ।अन्नपूर्ण पोष्ट दैनिकमा शिव उप्रेतीले समाचार लेख्नुभएको छ ।