कुरिनटार, २६ फागुन । समाज सेवी तथा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) इच्छाकामना वडा नम्बर ४ का अध्यक्ष रुद्र उप्रेतीले यूवाहरुलाई होलीको अवसरमा टिसर्ट वितरण गर्नुभएको छ । आज होली विशेषको रुपमा कुरिनटारका युवाहरुलाई ७० थान टिसर्ट वितरण गर्नुभएको हो ।


यस अघि पनि वडा नम्बर चारका विभिन्न टोलका यूवाहरुलाई खेलकुदका सामाग्रीहरु वितरण गर्दै आउनुभएका समाज सेवी उप्रेतीले युवाहरुलाई होलीको थप उमंग हौसला प्रदान गर्न टिसर्ट वितरण गरिएको बताउनुभयो ।
उहाँले टिसर्ट वितरण सगैँ यूवाहरुसंग होली खेलेर रमाइलो समेत गर्नुभयो ।
होलीको अवसरमा टिसर्ट पाएपछि यूवाहरुले उप्रेतीलाई धन्यावाद दिएका थिए ।

यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा आर्थिक तथा विभिन्न सहयोगहरु गर्दै आउनुभएको छ ।