काठमाडौं : यसपालिको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने थियो ।
कार्यालयको कामदेखि ज्यालासम्म अर्थात् हरेक कुरामा समानता भनिएको छ । श्रीमान् कर्मचारी, महिला पनि कर्मचारी छ भने महिलाले कार्यालयबाट आएपछि घरको सम्पूर्ण काम गर्नुपर्ने, श्रीमान्ले आराम गर्ने कुरा चर्चाको शिखरमा छ ।
यद्यपि, यस्तो बहुसंख्यक छैनन् ।
समानताको कुरा गरिरहँदा बाँकेको प्रहरीमा के छ अवस्था रु कति छन् त महिला प्रहरी इन्चार्ज रु खुल्दुली लाग्नु स्वाभाविक नै देखियो । बाँकेमा महिलाले इन्चार्ज भएर चौकी हाँकेको अत्यन्तै न्यून रहेको छ ।
भर्खरै ढकेरीमा महिला इन्चार्ज पुगेकी छन् । कार्यालयभित्रको प्रशासन, महिला सेल, उजुरी छानबिन, उजुरी लेखन, अदालतमा महिला इन्चार्ज छन् ।
चौकीमा इन्चार्ज भएर जान महिलाले इच्छा नदेखाएको एसपी वीरबहादुर ओलीको भनाइ छ ।
बाँकेमा ६२ युनिट छन् । १ सय ५० महिला प्रहरी छन् । इन्चार्ज हुन योग्य अर्थात् असई एक दर्जनजति छन् ।
एसपी ओलीले भने, ‘फिल्डमा इन्चार्ज भएर आफ्नो कार्यकौशल देखाऊ भनेर पठाउन खोज्दा जान मान्दैनन्, महिला अगाडि बढ्नै मान्दैनन् ।’
आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।
प्रतिकात्मक फोटो