काठमाडौं :  देशमा उल्लेखनीय मौसमी प्रणाली उत्पन्न नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा फेरबदल ल्याउने कुनै पनि कारक प्रणालीको प्रभाव नभएकाले आजको मौसम सामान्यतया सफा रहने छ।

दिउँसो देशको पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती पनि देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।