काठमाडौँ  : आज (शुक्रबार) हावाहुरी, चट्याङ रअसिनासहित प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।

साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन्।

‘यो प्रि(मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ,’ शुक्रबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।’

उनका आज अनुसार विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरीरचट्याङरअसिनासहितको वर्षा हुने सम्भावना छ तर मध्य र पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना छ।

‘मध्य र पूर्वी क्षेत्रमा वर्षा हुँदै हुँदैन भन्ने होइन,’ उनले भनिन्, ‘पश्चिको तुलनामा कम छ।’

उनका अनुसार हावाहुरीरचट्याङरअसिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ। यसैगरी पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ।

‘स्थानीय वायुको मात्रै प्रभाव भएको भए एकछिन ह्वारार् वर्षा हुन्थ्यो,’ उनले भनिन्, ‘तर पश्चिमी न्यून चापीय प्रणालीसमेत थपिएकाले वर्षा क्षणिक नै हुने तर तुरुन्तै बादल भनेर फेरि वर्षा हुने क्रम दोहोरिइरहन्छ।’

उनका अनुसार वर्षा हुने, रोकिने र फेरि आधा एक घण्टापछि नै वर्षा हुने क्रम दोहोरिरहने देखिन्छ।

यस हिसाबले प्रि(मनसुनको वर्षा क्षणिक हुनुपर्ने भए पनि पटकपटक भइरहने भएकाले यसपटक अलि लामै समय वर्षा हुने देखिएको मौसमविद् नगरकोटीले बताइन्।

यसैगरी वर्षाका साथमा आज हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन उनको सुझाव छ।

यसैबिच आज काठमाडौंमा पनि असिना पानी पर्ने सम्भावना छ।

मौसमविद गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा अपराह्नपछि क्षणिक वर्षा हुने सम्भावना छ।