
काठमाडौँ : नेपालमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै छ । जसका कारण देशको पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसोः देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि मध्य र पुर्वि भू–भागमा आंशिक देखि सामान्य बदली रहने देखीन्छ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना साथै मध्य र पुर्वी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राती देशको पश्चिमी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिना र पूर्वी पहाडका एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।