गोरखा : आरुघाटबाट काशीगाउँ तर्फ जाँदै गरेको ग १ ज ५५०५ नम्बरको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं १ स्थित धोरतको जंगलमा दुर्घटनामा परेपछि घाइतेहरुको उद्धारमा समस्या भएको छ ।
गएराती सडकबाट तल खसेको जीपमा सवार ८ जना मध्ये एक जना लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटना स्थलमा नै मृत्य भएको मान्बु प्रहरीले जनाएको छ ।
घाइते सात जनालाई एम्बुलेन्समा राखेर उपचार स्थल सम्म पुर्याउन सकिने स्थिति नरहेको आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए ।
नेपाली सेनाको ठूलो हेलिकप्टर पठाईदिन माग गरेका छौं, हेलिकप्टर नआउँदा सम्म घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याउन सकिने स्थिति नरहेको उनले बताए । धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ लगायत सात जना घाइते छन । उनीहरु काशीगाउँमा आजको कार्यक्रममा भाग लिन जाँदै थिए । काशीगाउँमा अपाङ्गता परिचय पत्र वितरणको कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ