काठमाडौं :  अपरान्हपछि काठमाडौं उपत्यकासहित आज देशका पहाडी भेगहरुका पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण पानी पर्न सक्ने महाशाखाका मौसमविद राजु प्रधानंगले जानकारी दिए। उनकाअनुसार देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। अहिले बिहान भने देशको पश्चिमी पहाडी भेगमा आँशिक बदली रहेको छ। मध्ये तथा पूर्वी भूभागमा आँशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ देखि २४ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।