
चितवन : महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाको अध्यक्षमा संगिता भट्टराई चयन हुनुभएको छ ।संस्थाको ७ औं साधारण सभा तथा दोश्रो अधिवेशनले शनिबार भट्टराईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
वाग्मती प्रदेश सभा सदस्य घनश्याम दाहालको प्रमुख आतिथ्यतामा समपन्न उक्त भेलाले सचिवमा पवित्रा रिजाल र कोषाध्यमा विष्णु सुवेदीलाई चयन गरिएको छ । अन्य कार्य समिति सदस्यहरुमा , शान्ता अधिकारी , पार्वती न्यौपाने, सविता लामा, मञ्जु सिम्खडा , गायत्री शर्मा र दिलमाया वुढाथोकी रहेका छन् । उक्त कार्यक्रम सचिव पवित्रा रिजालले सञ्चालन गर्नु भउको थियो भने कोषाध्क्ष विष्णु सुवेदिले संस्थाको आय व्यायको विषयमा पेश गर्नु भएको थियो भने संस्थाको प्रगती प्रतिवेदन तथा भावी योजनाहरु संस्थाकी अध्यक्ष संगिता भट्टराईले पेश गर्नु भएको थियो ।