
बिष्णु प्रसाद त्रिपाठी (बि.पि), मुग्लिन : कार दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट पोखरा तर्फ जादैँ गरेको बा १२च ६७७० नम्बरको कार नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका ५ स्थित तीन नम्बर पुल नजिक शनिबार विहान ८ : १३ बजे अनियन्त्रित भइ पल्टिदाँ माडी नगरपालिका १ बस्ने बर्ष ३५ की मनिता लामा र माडीकै बर्ष ३६ की मांया लामा घाइते भएकी हुन् ।
घाइतेहरुको अवस्था मध्य रहेको छ । उनिहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरेको छ ।
प्रहरीका अनुसार कारमा चार जना सवार थिए । दुई जना भने शकुसल रहेका छन् ।