काठमाडौं : माघ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरब भएको छ ।वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सो अवधिमा ११ हजार ११० नेपाली श्रमिक साउदी पुगेका छन् ।

अघिल्लो वर्ष माघ महिनामा दोस्रो श्रम गन्तव्य मुलुक बनेको साउदी अरब अहिले पहिलो बनेको छ ।

विभागका अनुसार यस अवधिमा साउदी अरबपछि संयुक्त अरब इमिरेट्स ९युएई० मा १० हजार ८९ जना गएका छन् भने कतार १० हजार ७६४ जना, मलेसिया चार हजार १४५, कुवेतमा दुई हजार २९८ जना गएका छन् ।

माघ महिनामा रोजगारीका लागि ८२ वटा देशमा नेपाली पुगेका छन् । यस अवधिमा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली श्रमिक पुगेको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।