काठमाडौं ,९ फागुन ।महाशीवरात्रीको अवसरमा आज शिवालयहरुमा शीवको पूजाआरधना गरिँदैछ । काठमडौंको पशुपतिमा मात्र २० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान छ ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा २० लाख दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरेको हो । कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले नेपाल भ्रमण वर्ष २०२० को रूपमा पनि यस वर्ष देश–विदेशमा प्रचार भएकाले दर्शनार्थी बढ्ने बताए ।
कोषले शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनमा आउने दर्शनार्थीहरूलाई निःशुल्क भोजन, पिउनेपानी, स्वास्थ्य सेवालगायतको व्यवस्था गरिएको जनाएको छ । यस्तै, दर्शनार्थीहरूले बढीमा डेढ घन्टासम्ममा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको खतिवडाले जानकारी दिए ।
कोषका अनुसार आगन्तुक र दर्शनार्थीहरूको सुरक्षाका लागि लागि पाँच हजार सुरक्षाकर्मी, पाँच सय सादा पोसाकका प्रहरी परिचालन भएका छन् । उनीहरूलाई १० हजार स्वयंसेवकले सघाउनेछन् ।यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए। दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने बताए। महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ। यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ। नेपाललगायत विदेशबाट फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ।