गोरखा : चौध बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा शहिद लखन गाउँपालिका–८ का प्रकाश परियार पक्राउ परेका छन् । १८ बर्षिय परियारलाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहे गर्ने प्रलोभन देखाइ परियारले बालिकालाइ पटक पटक बलात्कार गर्दै आएको पीडित परिवारले दिएको जाहेरीलाई उदृत गर्दै डिएसपी बासुदेव खतिवडाले बताए ।
परियारलाइ वुधबार जवरजस्ती करणी अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।