गोरखा : प्रहरीले पर्यटक बोकेको बसबाट सामान चोरी गरेको अभियोगमा प्रहरीले बुधबार एक युवकलाई पक्राउ गरेको छ । नेपाल भ्रमणबर्ष २०२० को अबसरमा नेपालगञ्जबाट बिभिन्न जिल्ला हुदै गोरखा घुम्न आइपुगेका नेपालगञ्ज स्थानीय तहका प्रमुखहरु चढेको गाडीबाट सामान चोरी गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–९ का १९ बर्षिय बिनोद श्रीमललाई पक्राउ गरेको हो ।
पक्राउ परेका श्रीमलले ना २ ख १०८३ नम्बरको डिलक्स बसबाट ब्लाङकेट थान १, गाडीको साउण्ड बक्स थान २, बसमा अगाडि राखेको मुर्ती थान १, ज्याकेट थान १, कपडा भएको झोला थान ३, चोरी गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उनलाई चोरी गरि लगेका सामान सहित पक्राउ गरिएको एसपी अधिकारीले बताउनुभयो । उक्त टोली नेपालगञ्जबाट चितवन, बन्दिपुर, पाल्पा, लुम्बिनी लगायत हुदै आज गोरखा जिल्ला आईपुगेका थियो ।