तनहुँ : इलाका प्रहरी कार्यालय आँबुखैरेनीले मोवाइल धनीलाई हस्तान्तरण गरेका छन् । आज दिउँसो २ : ४० बजेको समयमा डुम्रेबाट आँबुखैरेनी आउने क्रममा गोरखा पालुङ्टार न.पा. वडा नं. २ आँपपिपल घर भएकी बर्ष २७ की नानु बरामको अपो मोवाइल हराएको थियो ।
मोवाइल धनी वरामले इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा लिखित निबेदन दिएकी थिइन् । उनको निबेदन ब्यहोरा अनुसार कार्यालयको वडा एरिया अन्तर्गतमा रहेको सिसी क्यामरा को फुटेज हेरी उक्त मोबाईल फेला पारी उनलाई आजै मोवाइल जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।