कुरिनटार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले फिस्लिङका दुई क्लबलाई जर्सी सहयोग गरेका छन् । श्री सगरमाथा युवा क्लब र नेपाल र्याफ्ट एण्ड कायक क्लब इच्छाकामना ३ फिस्लिङ्लाई जर्सी सहयोग गरेका हुन् । बुधबार एक कार्यक्रमकाबिच श्री सगरमाथा युबा क्लब फिस्लिङ् र नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ्लाई संयुक्तरुपमा १८ थान जर्सी प्रदान गरिएको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष गोवर्धन अधिकारी,नेकपा चितवनका सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ लगायतको आतिथ्यमा जर्सी वितरण गरिएको नेकपा इच्छाकामनाका सचिव हरि थापाले जानकारी दिनुभयो ।