काठमाडौं :  अहिले देशका अधिकांश स्थानको आकाश आंशिक रुपमा बादलले ढाकेको छ । देशको पूर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भुभागमा शुक्रबारदेखि जारी आंशिक बदली आजपनि जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

महाशाखाका अनुसार आज देशभरका मौसममा आंशिक बदली रहने कायमै रहने जनाइएको छ ।आज देशको पूर्वी तथा पश्चिमी भेगका केहि पहाडी भू(भागका केही उच्च स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

सोमबार राती पूर्वी र मध्य भू(भाग लगायात पश्चिमी पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली भई केहि उच्च पाहाडी भेगमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बदलिको अवस्थामा रहेको मौसममा बुधबारदेखि त्रमिक सुधार हुँदै जाने तथा काठमाडौं उपत्यकालगायत देशका पहाडी भेगका केही स्थान र तराईमा लागेको समान्य तुवाँलो हट्दै जाने समेत महाशाखाले जनाएको छ ।

सोमबार बिहान ६ बजे लिइएको मापनअनुसार अहिले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ। दिउँसो अधिकतम तापक्रम २० डिग्रीसम्म अनुमान गरिएको छ ।