कुरिनटार : मंगलबार राती भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको इच्छाकामना गाउँपालिका वडा नं। २ का वडासदस्य खिर बहादुर चेपाङको देवघाटमा आजै अन्त्येष्टि गरिएको छ । चेपाङको चेपाङ परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
उनको शवमा श्रद्धाञ्जली अर्पण गर्न चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ, गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृती कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नेकपा चितवनको कार्यालय सदस्य तेजेन्द्र बहादुर खड्का लगायतकाको उपस्थिती रहेको थियो । मृतक चेपाङको शवमा चेपाङ संघ र नेकपाले झण्डा समेत ओढाएका थिए ।
प्रेसरका रोगी रहेका ३९ बर्षिय चेपाङको गएराति १०ः३० बजे भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनको मृत्युको शोकमा आज इच्छाकामना गाउँपालिकाले श्रद्धाञ्जली व्यक्त गर्दै कार्यालयमा रहेको झण्डा आधा झुकाई गाउँपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालयहरुमा सार्वजनिक विदा गरिएको थियो ।