![](https://ichchhakhabar.com/wp-content/uploads/2020/02/IMG_20200212_150615.png)
तनहुँ : आँबुखैरेनीबाट लागुऔषधसहित दुई जना पकउ परेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा मुग्लिनबाट डुम्रे तर्फ गैरहेको ग १७ प ३३७२ नं। को स्कुटरमा प्रहरी टोलीले विशेष चेकिङ गर्दा आज दिउँसो १ बजे अवैध लागु औषध सहित लमजुङ्गका दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार बस्ने दुधपोखरी गाउँपालिका ६ का ३० वर्षिय आईत तामाङ र लमजुङ सुन्दरबजार नगरपालिका ६ तार्कुका २४ वर्षिय सुजन तामाङ रहेका इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुबाट प्रहरीले डाइजेपाम ५२ थान, नुर्फिन ५१ थान, फेनारगन ५३ थान गरी १६६ थान अवैध लागु औषध बरामद गरेको छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।