इटहरी – बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सिमानामा पर्ने कोशीपुल बाट हाम्फालेर एकजना युवा बेपत्ता भएका छन् ।इटहरी १ का राजेश बानियाँ मंगलबार साँझ सप्तकोशीमा हामफालेका हुन्।कोशीमा हामफाल्नु अघि उनले सामाजिक संजाल फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका थिए “१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ संसारको सबै खुसी तिमीले पाउने छौ ।गूड बाइ लुइसा आशा छ तिमीले मलाई माफ गर्ने छौ ।”

कोशी पुल माथि आँफै चलाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हाम्फालेको स्थानीयले बताए । हामफाले लगत्तै सशस्त्र प्रहरी चतरा इलाका प्रहरी चतराका सुरक्षाकर्मी उद्धारमा खटिएका थिए। सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले अहिले बेपत्ता उनको खोजी गरिरहेको छ ।